यस क्षेत्रमा बित्तिय शोषणबाट आफ्ना सदस्यहरुलाई मुक्त हुन र आर्थिक सम्बृद्धि हासिल गर्न सहकारी स्थापना गरी सहकारी संचालनमा ल्याउने आदरयिण संस्थापक ज्यूहरु प्रति धन्यबाद दिन चाहान्छु । जुन बिश्वासका साथ संस्था एकिकरण गरिएको छ । जुन सपना देखेका छौ । त्यस सपना र बिश्वासलाई भोलीका दिनमा पनि सहकारीका मुल्य मान्यता र सिद्धान्तका परिधिमा रही संस्थाको इज्जत र गरिमा बढाउन हामी प्रतिबद्ध भएर लाग्ने बिश्वास दिलाउन चाहान्छु ।
एकिकरण पश्चात संस्थाको परिवार, संस्थाको पुजि, संस्थाको कार्यक्षेत्रमा बिस्तार भएको छ । सदस्यहरुमा एक प्रकारको उत्साह र जागरण भएको अनुभुति गरिएको छ । हाम्रो जिम्मेवारी र दायित्व बढेको छ । हाम्रो मध्यवर्ति साकोसका क्रियाकलापहरुमा आम चासो र सहभागिताले संस्था एकिकरणको सकारात्मक सन्देश सम्प्रेसण भएको छ । हाम्रो मध्यवर्ति साकोसको स्थापना , सेवा केन्द्रको बिस्तार र यसका उत्पादित सेवाहरुले सस्थागत बिकासका साथै कार्यक्षेत्र भित्रका समुदाय तथा सदस्यहरुको उन्नती र प्रगति हुदै गई रहेको हामी बिश्वास गर्न सक्दछौं ।
“एकका लागी सबै र सबैको लागी एक” भन्ने मुल नारालाई आत्म साथ गरेर सहकारी संस्थाको सुरुवात भएको हो । सहकारीको उद्यमशिलता कुनै अन्य सदस्यलाई सेवा बिक्रि गरेर मुनाफा कमाउने उदेश्यले भन्दा पनि आफ्ना सदस्यद्धारा आफ्ना लागी गरिन्छ । सामाजिक आर्थिक रुपान्तरणमा सदस्यहरुको स्वस्फूर्त पहल र उनिहरुकै नेतृत्वमा आर्थिक क्रियाकलाप नभए सम्म बास्तबिक अर्थमा समाज परिर्बतन सम्भव हुदैन । सामाजिक बिकासको लागी आर्थिक रुपमा सदस्यहरुलाई आत्मनिर्भर बनाउन जरुरी छ । सदस्यहरुलाई आर्थिक सामाजिक र सास्कृतिक क्षेत्रमा स्वायत्त र आत्मनिर्भर नबनाए सम्म एकाधिकार र भ्रष्टबाट मुक्त गराउन सकिदैन । यी कुराहरुका लागी सहकारी पद्धतिनै उपयोगी औजारको रुपमा मान्न सकिन्छ ।
सहकारीको सोच, शैली, संस्कार, सस्कृति सकारात्मक राख्दै सहकारीमा “इमान्दारीता र पारदर्शिता सहकारीका लागी अपरिहार्यता” भन्ने आर्दशलाई सहकारी सस्थामा आबद्ध पदाधिकारीहरु कर्मचारीहरु र सदस्यहरुको इच्छा , आकांक्षा, आचरण, आबश्यक्ता आदी पक्षमा ब्यबस्थापन गर्ने ब्यक्ती समुहको बिचार पुर्याई उनिहरु संगको सीप , ज्ञान, अनुभव, श्रोत साधनलाई अधिकतम परिचालन गराउन प्रेरणा जाग्ने बाताबरणको निर्माण हुन सक्ने गरी नेतृत्व प्रदान गर्न जरुरी देखीन्छ । यो बाताबरणले संस्था प्रति सबैको सकारात्मक धारणा बस्दछ । जुन संस्थाको सबै भन्दा ठुलो पुजि हो । गरीबि न्यूनिकरण, स्वरोजगारी सिर्जना, आम जन समुदायको सहज पहुचको सुनिश्चता सामाजिक एकता र सद्भाव बनाउदै बाताबरण संरक्षण गर्न स्थानिय निकाय संग सहकार्य गरी अगाढी बढ्नु पर्छ भन्ने कुरामा हामी सचेत रहेका छौं । सहकारी मार्फत युवा तथा महिला उद्यमशिलता बिकास नभए सम्म उत्पादन बृद्धि गर्न सकिदैन् अब हरेक हाम्रो मध्यवर्ति साकोसका सदस्यहरुले उत्पादनलाई मुल मन्त्र बनाएर अगाढी बढ्नु पर्दछ ।
सहकारीका सार्बभौम मुल्य मान्यता र सिद्धान्तलाई अंगिकार गरी यस क्षेत्रमा क्रियासिल बिषयगत सहकारी संस्थाहरु संग एकाकार भएर काम गर्ने वाताबरण निर्माणका लागी हामी सदैब प्रतिबद्ध छौं र निरन्तर प्रयास गरि रहने छौं । स्वस्थ प्रतिस्पर्धा र सहकार्य कायम राख्दै संस्थाले आफ्ना क्रियाकलापहरु संचालन गर्दे अघि बढि रहेका छौं र संस्थालाई बढाई रहेका छौं । राज्यको संघिय संरचना र स्थानिय सरकारमा सहकारी नियमनको जिम्मेवारी संगै थप सहज भएको छ । सदस्यहरुको आबश्यकता र चाहाना, बजारको तिब्र प्रतिस्पर्धाका बिचबाट हाम्रा कार्यक्रमहरु सफल पार्नु छ । संचालक समिति त्यस तर्फ सचेत रहेको ब्यहोरा अबगत गराउन चाहान्छु । संस्थाको सेवा क्षेत्रको सेवाको पहुचमा बिस्तार , बिषयगत सहकारी संस्थाहरु एकिकरणमा जोड्, सदस्य तथा पुजिमा बृद्धि, भौतिक पुर्बाधार बिकास, प्रबिधिको प्रयोग, सहकार्यलाई आगामी दिनमा निरन्तर अगाढी बढाईनेछ । यस कार्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।